सडक किनार बन्यो पोखरा महानगरको ‘डम्पिङ साइट’ (तस्बिरहरू)
पाेखरा | पुस १४, २०७९
पोखरा: अंग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी छ । अब सञ्चालनका लागि तीन दिन मात्र बाँकी छ । तर विमानस्थल सञ्चालनको पूर्व सर्त मानिएको रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइड मानिएको थियो ।
जहाज उडानका लागि आवश्यक डाँडा कटान भइसकेको छ भने पोखरा महानगरपालिकाको ल्याण्डफिल साइटको भने टुंगो छैन । त्यसोत महानगरले १० औं कार्यपालिका बैठकबाट तीन महिनाका लागि पोखरा ३२ स्थित लामेआहालमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यद्यपी स्थानीयबासिन्दा भने त्यो निर्णयप्रति असन्टुष्टी जनाउँदै विरोधमा छन् ।

त्यसैले यतिबेला पोखरा महानगरपालिकाको सडक किनार नै डम्पिङ साइट बनेको छ । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड लगायतको सडक किनारमा फोहोरका डंगुरहरुले आतंक मच्चाएको छ ।
‘फोहोरको अल्पकालिन व्यवस्थापनका लागि विभिन्न वडामै पनि खोजिरहेका छौं । र निर्णय भएअनुसार लामेआहालमा मै तीन महिनाका लागि लाने भनिएको छ । विरोध आएपनि अहिले धेरथोर कुरा मिलिसकेको छ, पोखरा महानगरपालिकाका प्रवक्ता एवम् पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले सुनगाभा न्यूजसँग भने, ‘ त्यसैलेपनि अहिले फोहोर उठ्न सकिरहेको छैन । त्यसैले सडकमा भएका फोहोरहरुको व्यवस्थापनलाई केही दिन लाग्न सक्छ ।’
उनले दिर्घकालिन व्यवस्थापनका लागि पनि महानगर लागिरहेको बताए । ‘अहिले हामी अल्पकालिन लक्ष्यमा छौ । विमानस्थल सञ्चालनका लागि पनि सरसफाई गरेका थियौं, तिमिल्सिनाले भने, ‘त्यसकै केही फोहोरहरुपनि सडक किनारमा देखिएका छन् । यसको व्यवस्थापन एक/दुई दिनमै हुन्छ ।’
पोखरा महानगरपालिकाको तथ्याङ्क अनुसार दैनिक करिब १ सय ८८ टन फोहोर उठ्छ तर केही दिन उक्त फोहोर व्यवस्थापन हुन नसक्दा सडक किनार नै डम्पिङ साइट बन्ने देखिन्छ ।
हेरौँ सुनगाभाकर्मी अर्जुन गाहामगर (सशान्त) को लेन्सबाट महानगरको ‘डम्पिङ साइट’























प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...
पोखराः पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...
विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

